स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश १ मा लगातार घट्दै कोरोना संक्रमित , २४ घण्टा यता प्रदेशभर १४४ जनामा संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा २१, धनकुटामा ७, झापामा ६, उदयपुरमा २, तेहृथुममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

Advertisement

मोरङको विराटनगरमा १८, जहदा, ग्रामथान, लेटाङ, बेलबारी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा १७, इटहरीमा ४, धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ४, मेचीनगर र विर्तामोडमा १–१, उदयपुरमा २, तेहृथुममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३१४ महिला र ३४८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ४७६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article