समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कृष्णनगरका नगर प्रमुख शाह कांग्रेसमा प्रवेश

चन्द्रौटा ,२२ माघ :  कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आज ९शनिबार० नगर प्रमख शाह नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेसमा प्रवेश गर्ने क्रममा उनलाई कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन, प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह लगायतले माला लगाएर स्वागत गरेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ।- तस्वीर:माधव बेल्वासे

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)