काठमाडौं ,२३ माघ २०७८ । प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पारित गर्नका लागि सत्ता गठबन्धनको एउटै मत खोजेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेले सत्ता गठबन्धनको एउटै मत आएपछि आफ्नो धारणा प्रष्ट पार्ने पुरानै अडान दोहोर्याएको हो । सत्ता गठबन्धनमै मतभेद देखेको एमालेले एमसीसीबारे पहिले प्रष्ट हुन सुझाव दिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाले दिएको समयसीमाभित्रै एमसीसी संसदबाट पास गर्न दलहरुको सहयोग माग्नुभएको थियो ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि मात्र एमसीसी अघि बढाउन सुझाव दिनुभएको थियो । संसदमा पेस गर्नुपर्ने बाध्यतामा रहेको सरकारले एमालेलाई अवरोध हटाउन पनि आग्रह गरेको छ । तर एमालेले संसदमा जारी अवरोध हटाउनु पर्ने शर्त अघि सारेको छ ।
स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्न पनि एमालेले सरकारसँग आग्रह गरेको छ ।