स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश १ मा आज १३५ जनामा कोरोना संक्रमण , ६३८ जना संक्रमणमुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १०५ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, उदयपुर र धनकुटामा ३–३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।

Advertisement

झापाको दमकमा ८, विर्तामोड र कनकाईमा ५–५, बाहृदशी, भद्रपुर र झापा गाउँपालिकामा ३–३, अर्जुनधारा र गौरादहमा २–२, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका र शिवसताक्षीमा १–१ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा १०, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ६–६, उर्लाबारीमा ३, ग्रामथान र रतुवामाईमा २–२, कानेपोखरी, बेलबारी र बुढीगंगा र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ५, कोशी गाउँपालिकामा ३, रामधुनीमा २, इनरुवा, धरान र दुहवीमा १–१ जनामा संक्रमण देखिएको छ ।

Advertisement

इलामको माईमा २, देउमाई र चुलाचुलीमा १–१, उदयपुरको त्रियुगामा २, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र पाख्रिबासमा १–१, पाँचथरको तुम्मेवा र मिक्लाजुङमा १–१, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ६३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९४ महिला र ३४४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ९४३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article