हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कांग्रेस पदाधिकारी बैठकले गर्यो यस्तो निर्णय

नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका  एजेण्डा तयार गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले माघ २७ गते बस्ने कार्यसम्पादन समितिको एजेण्डा तयार गरेको हो ।

Advertisement

कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, १६ जिल्लाको अधिवेशन र भ्रातृ संस्थाका बिषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाश शरण महत्तले जानकारी दिए । पदाधिकारी बैठकले तयार पारेको एजेण्डाका विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल हुने र अन्तिम रुप दिने उनले बताए ।

Advertisement

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले म्याद सकिएका भ्रातृ संस्थाको हकमा म्याद थप गर्ने, तदर्थ समिति बनाउने वा भंग गर्नेलगायतका विषयमा छलफल भएको जानकारी दिए । महामन्त्री थापाले पार्टी सभापतिसँग छलफल गरेर कार्यसम्पादन समितिको एजेण्डाले अन्तिम रुप पाउने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)