हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

स्थानीय निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन

आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ। विज्ञहरुसहितको बुधबार निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता, सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

Advertisement

उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदललाई ७ दिनको समय दिइएको छ। कार्यदलमा मन्त्रालय र आयोगसहित सूचना विभाग, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, नास्ट लगायतका निकायका प्रतिनिधि सहभागी रहेका छन्।

Advertisement

कार्यदललाई विद्युतीय भोटिङ मेसिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ। आयोगले हाल देशभरमा १ करोड ८५ लाखको हाराहारीमा मतदाता पुगेको अनुमान गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)