कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सञ्जय दत्त, अक्षय कुमार र सोनु सुद जस्ता स्टारहरुको अभिनय रहेको ‘पृथ्वीराज’को रिलिज मिती तोकियो

काठमाडौं । बहुप्रतिक्षित बलिउड चलचित्र ‘पृथ्वीराज’ आगामी जुन १० मा रिलिज हुने भएको छ । ऐतिहासिक कथामा आधारित रहेको बनेको ‘पृथ्वीराज’को मोसन पोस्टर सार्वजनिक गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति तोकेसँगै यसको थप चर्चा सुरु भएको छ ।

Advertisement

अक्षय र मानुषीका साथै सोनु सुद र सञ्जय दत्तको पनि अभिनय रहेको फिल्मको निर्देशन चन्द्रप्रकाश द्विवेदीले गरेका हुन् । फस्ट लुक सार्वजनिक भएसँगै चर्चा चुलिएको फिल्ममा अक्षय कुमारले सम्राट पृथ्वीराज चौहानको भूमिकामा देखिएका छन् ।

Advertisement

कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै भारतमा सिनेमा हलहरु बन्द भएपछि निर्माणपक्षले अनिश्चितकालका लागि प्रदर्शन स्थगित गरेको चलचिको प्रर्दिशन मिती सार्वजनिक गरिएसँगै अक्षय कुमारका फ्यानहरु उत्साहित भएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article