नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोईरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने बताएका छन् ।

आज बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोईरालाले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने धारणा राखेका हुन् । बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त रुपमा प्रतिक्रिया दिदैँ उनले बैठकमा आफ्नो अस्तित्व जोगाउन एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन् ।

नेता कोईरालाले एमसीसी परियोजना पारित गर्नुपर्ने पनि बताए । स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उनले बताए ।