हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कांग्रेस कार्यसम्पादन समितिको बैठकले गर्यो यस्तो निर्णय

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबार पनि अमेरिकी सहायता परियोजना एमसीसीबारे सदस्यहरुले धारणा राखेका छन् ।धारणा राख्ने सदस्यले अन्य दललाई एमसीसीमा सहमत गराउन पार्टी नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

Advertisement

बैठकमा पार्टीका संगठनहरुको विधान संघीय संरचनाअनुसार संशोधन गरेर एनपी साउदको समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत भएको छ । प्रतिवेदन आइतबार बस्ने बैठकले पारित गर्ने निर्णय गरेको छ । त्यो बीचमा पढ्न सदस्यहरुलाई समय दिइएको छ ।

Advertisement

स्थानीय निर्वाचनको तयारी सिलसिलामा पनि छलफल भएको प्रवक्ता महतले बताए । उनकाअनुसार फागुन १३ गते १६ वटै जिल्लामा अधिवेशन गर्ने र त्यसअगाडि वडा, पालिका र महासमितिको अधिवेशन गरिसक्ने भनेर निर्वाचन समितिले गरेको निर्णय कार्यसम्पादन समितिलाई जानकारी गराएको छ ।

आइतबारको बैठकबाट भ्रातृ संगठनको विधान पारित गर्ने र भ्रातृ शुभेच्छुक संगठनलाई कसरी अगाडि बढाउनेलगायतका विषयमा निर्णय गरिने महतले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)