समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा सुशान्तले गरे आत्महत्या 

हल्दिवारी ,झापा । हल्दिवारी – ४ का अन्दाजी २४ बर्षिय एक युवाले आफ्नै घरको कोठा आत्महत्या गरेका छ्न ।
हल्दिवारी – ४ का २४ बर्षिय शुसान्त पराजुलीलाई आज बेलुकी ५:४५ बजे आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा परिवारजनले फेला पारेका थिए ।
परिवार श्रोतका अनुसार सामान्य परिवारका शुसान्तले  एक बर्ष देखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय चन्दगढिबाट आएको प्रहरीको टोलिले आवस्यक छानबिन पछि मिर्तक पराजुलीको शवलाई पोसमार्टमको लागि  मेची अस्पताल पठाएको छ ।
हल्दिवारीमा हिजोमात्र एक किशोरीले समेत आत्महत्या गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय आत्महत्या गर्नेको संख्या बड्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छ्न ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)