समाचार
हल्दिबारी संवाददाता १० मिनेट अगाडि

कविता : दिव्य दृष्टि

एक्लै बसेको छोरो, कोठामा थुनिएर
आमाले बोलाउँदा, झर्किएर बोल्छ ।
बाबुले सम्झाउँदा, ढोका थुन्छ
त्यो छोरो बिग्रिएको होइन, भित्र भित्रै रोइरहेको छ।

ऊ नशामा फँसेको होइन, एक्लोपनमा फँसेको हो
कुरा गर्न चाहन्छ, सुन्ने कोही छैन
बाँच्न चाहन्छ, बुझ्ने कोही छैन ।
त्यसैले ऊ नशाको काखमा, सुत्न पुगेको छ ।

नशा भनेको पदार्थ होइन, संवाद टुट्नु हो
नशा भनेको लत होइन, सम्बन्ध टुट्नु हो
नशा भनेको बानी होइन, चेतना टुट्नु हो
नशा भनेको अन्धकार हो, दृष्टि हराउनु हो।

त्यसैले चेतना नेपाल, दिव्य दृष्टि लिएर आयो ।
२२ वर्षको आँसु, पसिना बोकेर आयो ।
कुरा गरौं भन्छ, सुन्ने बानी बसालौं भन्छ
एक्लिन नदिऔं भन्छ, बाँच्न सिकाऔं भन्छ।

एउटा बच्चा जोगियो भने, एउटा परिवार जोगिन्छ
एउटा परिवार जोगियो भने, एउटा समाज जोगिन्छ
एउटा समाज जोगियो भने, एउटा देश जोगिन्छ
आऊ, सबै मिलेर, यो अभियानमा जोडिऔं।

नशा छोडौं, हिंसा रोकौं, परिवार जोगाऔं
जनै, बाती, कुशका सामाग्री बनाऔं,
साबुन, सेम्फू बनाऔं
सीप सिकौं, काम गरौं, आत्मनिर्भर बनौं
जय चेतना नेपाल , जय चेतना नेपाल

कल्पना भट्टराई
कार्यकारी प्रमुख
चेतना नेपाल परामर्श केन्द्र
केन्द्रीय कार्यालय विर्तामोड ४ झापा
जय चेतना साहित्य समाज ।।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)