समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जलथल जंगलमा रुख काट्दै गर्दा तीनजना पक्राउ

हल्दिबारी २०७९/०२/१० गते  l झापाको जलथल जंगलमा रुख काट्दै गर्दा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेका साथबाट रुख काट्न प्रयोग हुने उपकरण समेत बरामद भएको छ ।

Advertisement

बन कार्यालयको शसस्त्र गस्ती टोलीले हल्दीबारी–५ का पुर्णबहादुर फागो, हल्दीबारी–१ का बिशाल राई र बाह्दशी–१ का रमेश बर्देवालाई पक्राउ गरेको छ ।

Advertisement

उनीहरुको साथबाट काठ काट्न प्रयोग भएको आरा १ थान, लगभग ५३ क्यु फिट गोलिया काठ बरामद गरेको रेञ्जर दिपकसेन भण्डारीले जानकारी दिए । पक्राउ परेकामाथी बन ऐन बमोजिम कारवाही गर्नका लागि अनुसंधान भइरहेको उनले बताए ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article