झापा अर्जुनधारा नगरपालिकामा मेयर र उपमेयर दुबै पद एमालेले जितेको छ । वैशाख ३१ गते शनिबार बाट सुरु भएको मतगणनामा एमालेका उम्मेदवार बल देव तामाङ्गले मेयर र खड्गमाया पराजुलीले उपमेयर पद जीत हात पारेका हुन् ।

सुरुवाती अग्रता लिदै आएका तामाङ्गले अन्तिम परिणाम सम्म आइपुग्दा १९१६९ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिस्पर्धी गठबन्धन बाट उम्मेदवारी दिएका कांग्रेसकी रञ्जिता कार्कीले १३७४३ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने एमालेकी उम्मेदवारी खड्कमाया पराजुलीले भारी मतको अन्तरले गठबन्धनका उम्मेदवार ए।माओवादीका जितेस योञ्जनलाई हराएकी हुन् । परिणामको अन्तिममा पराजुलीले १७६३७ मत प्राप्त गरेका छन् ।