समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बालेनबाट काठमाडौं बासीले धेरै ठूलो अपेक्षा गरेको भन्दै बालेनको खुलेर तारिफ गरे कमल थापाले

राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्नो पार्टीको निर्वाचन परिणामले तनावमा छन् ।निर्वाचनको पूर्व सन्ध्यानमा पार्टी फुटाएर अघि बढेपछि देशभर नराम्रो हार बेहोर्न परेपनि नेता थापाले काठमाडौं महानगरको नवनिर्वाचित मेयर बालेन साहलाई बधाइ दिँदै उनको जितले कसैको असफलता र पार्टीहरुबिरुद्धको आक्रोश भन्न नमिल्ने धारणा सार्वजनिक गरेका छन् ।

Advertisement

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै देशको राजधानी काठमाडौंको मेयर जस्तो गौरवशाली पदमा विजयी भएको भन्दै बधाइ ज्ञापन दिँदै नेता थापाले भनेका छन् बालेनले कुनै पार्टी र व्यक्तिलाई नहराएको भन्दै योग्यताले जितेको दाबी गरेका छन् ।

Advertisement

नेता थापाले ‘बालेनको जित कसैको असफलता वा पार्टी विरुद्धको आक्रोश भन्दा पनि उहाँको योग्यता र क्षमता माथि जनताको भरोसाको अभिव्यक्ति हो,’ उनले भनेका छन् ।

उनले बालेनबाट काठमाडौं बासीले धेरै ठूलो अपेक्षा गरेको भन्दै सफलताको कामना समेत दिन भ्याए । नेता थापाको पार्टी राप्रपा नेपालले देशभरबाट नराम्रो नतिजा ल्याउँदा बालेनको समैथन गरेर राम्रो काम गरेको सामाजिक संजालमा चर्चा सुरु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article