समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सवारी लाइसेन्सका लागि अनलाइन मार्फत दिइएको सबै आवेदन रद्द , यस्तो छ नयाँ नियम

नयाँ अनलाइन प्रणाली सुरु गर्ने भन्दै यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । विभागले अहिले सम्म नयाँ तथा वर्ग थपका लागि लिएका सबै अनलाइन आवदेन रद्ध भएको जानकारी गराएको हो ।

Advertisement

विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नु पर्ने भएको छ । नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुने विभागले जनाएको छ । साथै, वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुने विभागले जानकारी गराएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article