समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

युक्रेनप्रति ऐक्यबद्धता जनाउन जेलेन्स्कीलाई भेट्दै फ्रान्सेली विदेशमन्त्री

फ्रान्सका विदेशमन्त्री क्यथ्रिन कोलोनाले युक्रेनी राष्ट्रपतिलाई भेट गर्ने भएकी छन् । भेटका अवसरमा विदेशमन्त्री क्याथ्रिनले रुसी हमलाविरुद्ध युक्रेनप्रतिको ऐक्यबद्धता जनाउने फ्रान्सेली विदेश मामिला मन्त्रालयले जनाएको छ ।

Advertisement

रुससँगको युद्धमा फ्रान्सले युक्रेनलाई प्रर्याप्त सहयोग नगरेको केही कूटनीतिज्ञहरू र राजनीतिक विश्लेषकहरूको आलोचनाबीच कोलोनाले युक्रेन भ्रमण गर्दैछन् । रुसी फौजले दोनबास क्षेत्रको प्रमुख सहर सिभिएोदोनेस्क कब्जाका लागि आक्रमण तीब्र पारिरहेका बेला युक्रेनलाई सहयोग दोहो¥याउन युरोपेली युनियनका नेताहरूबीच पनि बैठक हुँदैछ । यसैबीच, रुसी सेना पूर्वी युक्रेनतर्फ थप अगाडि बढिरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article