समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आमा–बुवासहित ६ जना आफन्तसँग मुक्तिनाथ जाँदै थिए राजन गोले

आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिकाको सानोशेरेमा फेला परेको छ ।

Advertisement

विमान दुर्घटनामा परेर धनुषा मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात जनाको मृत्यु भएको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएका राजनकुमार गोलेले आफ्नो परिवारलाई मुक्तिनाथ दर्शनको लागि लैजाने योजना अनुसार यात्रा तय गरेका थिए ।

Advertisement

उनले आमा–बुवा, काका–काकी, मामा–माइजुलाई मुक्तिनाथ दर्शनका लागि लैजादै जहाज चढेका थिए । राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ उनीसँगै मुक्तिनाथ दर्शनको लागि तारा एयरमा उडेका थिए ।

उनीहरु सबैको मृत्यु भएको छ। गाउँमा उनीहरुको घर नजिकै–नजिकै छ । उनीहरु शुक्रबार मात्र मुक्तिनाथ जानको लागि काठमाडौं आएका थिए । विमान दुर्घटनाको खबरले गाउँनै शोकमा डुबेको छ । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका राजन गोलेका श्रीमती र २ छोराछोरी छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article