समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाबाट मोटरसाईकल चोरीमा संग्लग्न ८ जना पक्राउ, १२ वटा मोटरसाइकल नियन्त्रणमा

हल्दिबारी ।  जेठ  १९ । झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीमा संग्लग्न रहेका आठ जना र चोरी भएका १२ थान मोटरसाईकल पक्राउ परेका छन् । केही दिनदेखि झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल हराएको भन्ने सूचनाका आधारमा चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाईकलहरुको खोजतलास शुरु गरिएको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी आजै पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो ।

Advertisement

पक्राउ पर्नेहरुमा टिकुली नगरपालिका–५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका–५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका–५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल साथै बिर्तामोड नगरपालिका–३ का १९ बर्षीय कुमार राजवंशी र १८ बर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठ रहेका छन् ।

पक्राउ परेको उक्त समुहले अशोक विहारीको अर्जुनधारा नगरपालिका–८ कदमगाछीमा रहेको ग्यारेज भित्रवाट र अर्जुनधारा–१० को अर्को मोटरसाइकल ग्यारेजवाट तथा झापाको अन्य बिभिन्न स्थानवाट मोटरसाईकल चोरी गरेका थिए । चोरी भएका १२ थान मोटरसाईकलसहित पक्राउ परेको समुहको बिषयमा ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शब्दपत्र डटकम ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article