समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लगातार आतंककारी हमलापछि विस्थापित हुँदै पण्डितहरु

कश्मीरमा आतंककारीहरूले गैर–कश्मीरीहरूलाई निशाना बनाएका छन्। हिन्दू शिक्षिका रजनीबालाको मंगलबार हत्यापछि बिहीबार दुई ठाउँमा गैरकश्मीरीमाथि आक्रमण भएको छ ।

Advertisement

पहिलो आक्रमण बिहान कुलगाममा भएको थियो, जहाँ राजस्थानका २५ वर्षीय बैंक म्यानेजर विजय कुमारको हत्या गरिएको थियो। यी लक्षित हत्यापछि काश्मिरी पण्डितहरूले उपत्यकाबाट सामूहिक पलायनको तयारी गर्न थालेका छन्। यस विषयमा गृहमन्त्री अमित शाहले आज एनएसए अजित डोभालसँग भेट गर्नेछन्।

Advertisement

जम्मू कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हा, डीजीपी दिलबाग सिंह, केन्द्रीय गृह सचिव अजय भल्ला, सीआरपीएफका महानिर्देशक कुलदीप सिंह र एसएसबी प्रमुख पनि यस बैठकमा सहभागी हुनेछन्। बिहीबार पनि शाहले डोभालसँग भेट गरेका थिए ।

बिहीबार अनन्तनागको मट्टनमा भएको आतंकवादी हमलाको डरले पण्डितहरूले आफ्नो सामान जम्मूको बनिहाल लैजाने प्रयास गर्न थालेका छन्। जम्मु कश्मीरमा पीएम प्याकेज अन्तर्गत कर्मचारी अमित कौलले स्थिति लगातार बिग्रँदै गएको बताए। आज ४ जनाको हत्या भएको छ, जसका कारण ३०–४० परिवार सहर छाडेर गएका छन् । सरकारले हाम्रो माग पूरा गरिरहेको छैन, श्रीनगरमा सुरक्षित ठाउँ छैन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article