समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अपहरणमा परेकी भनिएकी छोरीको जिम्मा बावुलाई

आमासँगै भारतमा बस्दै आएकी बालिकालाई नेपाल ल्याएका बुवामाथि अपहरण गरेको आरोप लगाइ सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । गत अप्रिल १५ मा बालिका अपहरणको आरोपमा कनिका गोयल ९आमा०ले दिएको रिटको सुनुवाई गर्दै अदालतले बालिकाको जिम्मा बुवालाई दिएको हो ।

Advertisement

अदालतले निजी अन्तर्राष्ट्रिय कानुन र प्राप्त कागजातका आधारमा बालिकाको जिम्मा बुवालाई दिएको जनाएको छ । बालिकालाई अमेरिकी अदालतले पनि जैविक पिता गोयल नै भएको आधारमा बालिकाको जिम्मा लगाएको हो । उनका बुवा अमेरिकी नागरिक हुन् ।

Advertisement

न्यायाधीश सपना मल्ल र डा।कुमार चुडालको संयुक्त इजलासले बुवाको संरक्षकत्वमा रहने र अमेरिका लैजान पाउने फैसला सुनाएको हो । अमेरिका जानु अघि दैनिक ४ घण्टा आमासँग बालिका भेटघाट गर्न पाउने आदेश दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article