समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अदालतले रु १६ लाख ५० हजार जरिवाना तोकेका राई पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले उच्च अदालत पाटनको विसं २०७९ वैशाख ५ को फैसलाअनुसार चार दिन कैद सजाय र रु १६ लाख ५० हजार जरिवाना तोकिएका खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय इन्द्रकुमार राईलाई आज पक्राउ गरेको हो ।

Advertisement

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका राईले विसं २०७७ माघमा ग्लोबल आइएमई बैंक भक्तपुर शाखाको पर्याप्त मौज्दात रकम नभएको चेक दिएर ठगी गरेकाले उच्च अदालतको आदेशानुसार राईलाई आज काठमाडौँको चाबहिलबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए। रासस

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article