समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सेनाद्वारा हेलिकप्टर हस्तान्तरण

नेपाली सेनाले प्रदेश १ स्थित मोरङको बुढीगङ्गा गाउँपालिकाको हात्तीमुडामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक थान भूमिस्थ (ग्राउण्डेड) हेलिकप्टर हस्तान्तरण गरेको छ ।

Advertisement

सो विश्वविद्यालयले शैक्षिक सत्र २०७८र०७९ बाट सञ्चालन गरेको रेल्वे तथा एरोनोटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ साल वैशाख २५ गतेको निर्णय अनुसार उक्त हेलिकप्टर हस्तान्तरण गरिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए।

Advertisement

नेपाली सेनाको स्वामित्वमा प्रयोगविहीन अवस्थामा रहेको एनए–०३९ चिता हेलिकप्टर र सोसँग सम्बन्धित ४७ थान पार्टपूर्जा काठमाडौँको गौचरणस्थित मध्यएयर वेशमा शुक्रवार आयोजित एक कार्यक्रममा सैनिक वायुसेवाका महानिर्देशक पाइलट उपरथी आशीषनरसिंह राणाले प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हस्तान्तरण गर्नुभएको शैनिक प्रवक्ता सिलवालले बताए ।

भारतको बैङ्गलोरस्थित हिन्दूस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर भारत सरकारले २०५८ साल मङ्सिर २६ गते नेपाली सेनालाई सहयोगस्वरुप उपलब्ध गराएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गोरखापत्र दैनिकबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article