समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कानुनमा लेखिएका कुरा व्यवहारमा नउर्तादासम्म जातीय भेदभाव उन्मूलन हुँदैन :शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गर्न कानुनमा लेखिएका कुरा व्यवहारमा उर्तानु जरुरी रहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

Advertisement

उहाँले भन्नुभयो,“ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन कागजमा लेखेर मात्रै सम्भव छैन, व्यवहारमा उर्तान जरुरी छ, देश बनाउनु भनेको विकासका पूर्वाधार बन्नु मात्र होइन, मानवीय व्यवहारमा पनि परिवर्तन हुन आवश्यक छ ।” महामन्त्री शर्माले सामाजिक रूपान्तरणको जवरजस्त अठोट र अभियान राष्ट्रिय आवश्यकता बनेको पनि उल्लेख गर्नुभएको छ । संविधानमा लेखिएको विषयलाई समाजमा कार्यान्वयन गर्न विभिन्न चरण पार गर्नुपर्ने भएकाले अब शसक्त अभियान नै गर्नुपर्ने उहाँको भनाइ छ ।

Advertisement

नेपाली कांग्रेसले राजनीतिक तवरबाट जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि महामन्त्री शर्माले बताउनुभएको छ । उहाँले भन्नुभयो,“राजनीतिक दलहरुले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गर्न बेलाबेला सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको भएपनि पर्याप्त भने भएनन्, समाजमा चेतना जगाउनुपर्छ सबै दलहरूले साझा अभ्यास गर्नुपर्छ ।”

फरक प्रसङ्गमा कुरा गर्दै महामन्त्री शर्माले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएपछि प्राप्त परिणामअनुसार गठबन्धनबारे निश्कर्षमा पुग्ने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, “सत्ता गठबन्धनले स्थानीय चुनावमा तालमेल गरेर राम्रो नतिजा प्राप्त गरेको कुरा सबैले मनन गर्नुपर्छ, फरकफरक पार्टीका नेताका भिन्न विचार र समीक्षा हुने भएकाले सबै जिल्ला समन्वय समितिको परिणाम प्राप्त भएपछि कांग्रेसले संघ र प्रदेशको निर्वाचनमा तालमेलबारे निर्णय गर्ने छ ।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article