समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बलिउड फिल्ममा अनिल कपुरसँग भिलेनको भुमिकामा देखिदै विपिन कार्की

नेपाली फिल्म क्षेत्रमा चर्चित कलाकार विपिन कार्की बलिउडमा डेब्यु गर्दैछन् । उनले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भएका छन् ।

Advertisement

फिल्ममा उनी खलनायकको भूमिकामा अनिल कपुरसँग देखिँन लागेको बताइएको छ । फिल्ममा उनका अधिकांश दृश्यहरु बलिउड अभिनेता अनिल कपुरसँगै रहनेछ। फिल्म सन्दीप रेड्डीको निर्देशनमा बन्ने छ । यो फिल्म भारतको बम्बे फिल्म स्टुडियोमा छायांकन हुनेछ।

Advertisement

फिल्ममा विपिन र अनिलसँगै रणविर कपुर र बबी देवल पनि मुख्य भूमिकामा रहेका छन्। विपिनले यी दुई कलाकारसँग पनि केही समय स्क्रीन सेयर गर्ने बताइएको छ। विपिनले बलिउड फिल्ममा दिग्गज कलाकारसँग काम गर्ने अबसर पाएपछि खुशी व्यक्त गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article