समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

उपत्यकामा फोहोरको थुप्रो, दुर्गन्ध हटाउन केमिकल छर्कदै महानगर

काठमाडौं महानगरले उपत्यकाका सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालेको छ । महानगरले काठमाडौंका विभिन्न सडकमा लागेका फोहोरका थुप्रोको दुर्गन्ध हटाउन केमिकल छरेको हो ।

Advertisement

महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग कुरा भएपनि स्थानीयहरुले लामो समयदेखि सिसडोल ल्याण्डफिल साइटमा अवरोघ गर्दै आएका छन् । सिडोलका स्थानीयहरुले सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न पर्ने भन्दै फोहोर व्यवस्थापन गर्न दिएका छैनन् ।

Advertisement

दुई हप्तादेखि काठमाडौंमा फोहोर नउठेको फोहोरको थुप्रोमा सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article