हल्दिवारी ,२३ जेठ । नेकपा एमाले हल्दिवारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले आफ्नो निजि सवारीलाई जुनसुकै बेला बिरामी तथा सव बाहनको रूपमा सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
आज नेकपा एमाले वडा कमिटी गोलधापले आयोजना गरेको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष समेत रहेका सापकोटाले वडा नम्बर १ का नागरिकले बिरामी हुँदा र मर्दापर्दा उनको निजि सवारीलाई प्रयोग गर्न सक्ने घोषणा गरेका हुन ।
सापकोटाका अनुसार वडा नम्बर १ बाहेकका हल्दिवारी बासीले समेतले सहयोग लिन सक्नु हुनेछ । बालबालिकाका क्षेत्रमा निकै लोकपि्रय सापकोटाले ५ बर्ष सम्म बालबालिकाका कुनै पनि कार्यक्रमलाई आर्थिक भौतिक सहयोग गर्ने बताउनु भएको छ ।
हल्दिवारी गाउँ पालिकाका जनताको बिचमा नेकपा एमाले सधैं साथ रहेको भन्दै नेता सापकोटाले जनताका प्रत्येक सुख दुखमा साथ दिने समेत बताएका छ्न।