समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवलका प्रत्येक सुत्केरी आमालाई ५ हजार आर्थिक सहयोग

नेत्र बिक्रम बिमली , झापा । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडामा सुत्केरी भएका आमा र बच्चाको पोषणको लागि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । वडा अध्यक्ष महावीर लिम्बू ( रन्जित ) का अनुसार यही चालु आर्थिक बर्ष साउन देखि लागु हुनेगरी सुत्केरी आमाहरू र बच्चालाई पोषण उपलब्ध गराउने हेतुले ५ हजार  सहयोग गर्न लागिएको हो । आदिवासी समुदायको बाहुल्य रहेको उक्त वडाका नागरिकको मृत्यु भएमा पनि क्रिया खर्च वापत ५ हजार सहित संवेदना पत्र वडाले लैजाने वडाको पहिलो मिटिङ्ग्ले निर्णय गरेको अध्यक्ष लिम्बुले बताउनु भयो ।

Advertisement
वडा अध्यक्ष लिम्बूका अनुसार साविक घेरावारी गापा रहेको वडा नम्बर १ का किसानको हितको लागि  भोल्टेज सुधार कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बड्न लागिएको बताएका छ्न ।
त्यस्तै सामाजिक सुरक्षा भत्ताका कारण बृद्धअबश्थाका नागरिकले पाएको कष्ट लाई मध्य नजर गर्दै  वडा कार्यालय नजिकैको बैकबाट भत्ता उपलब्ध गराउने पहलकदमि शुरु गरिएको उनले बताए ।
युवा विद्यार्थीहरुको लागि खेलकुदलाई महत्त्वका साथ हेरेका लिम्बूले  खेलकुद विकासको लागि गाउँपालिका स्तरीय र वडा स्तरीय समिति मार्फत उपलब्धि उन्मुख कार्ययोजना सहित काम गर्ने बताएका छ्न । आदिवासी समुदायका कारण पन्जिकरणमा देखिएको समस्यालाई हल गर्न समेत सुत्केरी र क्रिया खर्च सहयोगले मद्दत पुग्ने उनको धारण रहेको छ ।
स्वास्थ ,शिक्षा ,बाटो र हात्ती आतंकलाई दीर्घ कालिन समाधान गर्न लागी परेका काङ्ग्रेसका स्थानीय युवा नेता  समेत रहेका लिम्बु २०७४ को स्थानीय तह निर्वाचनमा वडा सदस्य जितेका थिए  भने राप्रपाबाट  वडा अध्यक्षभएका  लक्ष्मी नारायण यादवको मनोमानी र एकलौटी पनलाई नङग्याउदै ऊनी २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनमा उनै यावव लाई पराजित गर्दै सिङ्गो टिम बिजयी भएका थिए ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article