समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दुई दिन अघि पक्राउ परेका थुनुवाको प्रहरी हिरासतमै मृत्यु

प्रहरीको हिरासतमै एक थुनुवाको मृत्यु भएको छ । ज्यान मार्ने उद्योग अभियोगमा पक्राउ परेका भक्तबहादुर ठकुरीको प्रहरी हिरासतमा मृत्यु भएको हो ।

Advertisement

मोरङ केराबारी गाउँपालिका–२ का ४८ वर्षीय ठकुरी जेठ २५ गते मात्रै पक्राउ परेका थिए । ठकुरी सरकारी वकिलको कार्यालय मोरङमा पेस गर्ने क्रममा बेहोस भएका थिए । उनलाई उपचारका लागि कोशी अस्पतालमा लगिएपछि उनको मृत्यु भएको जनाइएको छ ।

Advertisement

अहिले उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ । श्रीमतीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा उनी पक्राउ परेका थिए । तर, ठकुरीका आफन्तले भने प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको आरोप लगाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article