समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

श्रमदान भन्दै ठेकेदारद्वारा श्रमशोषण

देशमा गणतन्त्र आयो, समाज चेतनशील भयो। अझ माओवादीको भाषामा त जनतामा चेतनास्तर बढ्यो। तर, रोल्पाका जनता आज पनि कुहिरोको कागजस्तै छन्। यतिबेला घरआँगनमा आएको भनिएको सरकारका प्रतिनिधिले बजेट खर्चिनेभन्दा अन्य जनसरोकारका विषयमा चासो नदिएको पुष्टि भएको छ।

Advertisement

रोल्पामा विद्युत् विस्तारमा काम गर्ने निर्माण व्यवसायीले स्थानीयलाई बिनाज्याला श्रमशोषण गरिरहेको थाहा हुँदा पनि सरोकारवालाहरू मौन छन्। यहाँका विभिन्न गाउँमा विद्युत् विस्तार गर्न दिइएको ठेक्काका ठेकेदारले छिटो बत्ती बाल्ने भए श्रमदान गर्न भन्दै जनतालाई प्रत्येक घरघुरीबाट पाँचदेखि १० दिनसम्म विनाज्याला काम लगाउने गरेको खुलेको छ।

Advertisement

‘ठेकेदारले छिटो बत्ती बाल्ने भए श्रमदान गर नत्र अर्को गाउँमा बत्ती जोड्छौं भने। हामीले सात दिन श्रमदान गर्‍यौं,’ सुनछहरी गाउँपालिका–७ छिवाङका एक स्थानीय भन्छन्, ‘हामीले श्रमदान गरेको जनप्रतिनिधि र विद्युतका कर्मचारीलाई समेत थाहा छ तर कसैले पनि केही भनेनन्।’ सुनछहरी गाउँपालिकाजस्तै रोल्पा नगरपालिकाको जेदवाङ र लुङ्ग्री गाउँपालिका लगायत जिल्लाका धेरै गाउँमा निर्माण व्यवसायीले स्थानीयलाई श्रमदान गराउने गरेका छन्। जनप्रतिनिधि पनि निर्माण व्यवसायीले गरेको गलत कामप्रति बेखबर जस्तै छन्। नागरिक दैनिकबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article