समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पहिलो बैठकमा बालेन विरुद्ध खनिएका भाइरल वडाअध्यक्षले यसरी सहयोग गर्न थाले, भन्छन् उहाँको काम गर्ने शैली मनपर्यो अब दिन दिएर सहयोग गर्छु

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको पहिलो बैठकमा नै बालेन विरुद्ध खनिएका भाइरल वडा अध्यक्षले अहिले बालेनको सर्मथनमा कुरा गर्न थालेका छन् । शीर्ष नेताहरुलाई भेटे लगत्तै आफ्नो महानगरका वडा अध्यक्षहरु संग छलफल तथा परामर्शमा जुटेका मेयरलाई वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले पछिल्ला बैठकमा साथ दिन थालेका छन् ।

Advertisement

केही दिन अघि मात्रै भेटघाटका क्रममा शाहले अध्यक्ष रिजाललाई भेट गरेर घरमा नै पुगेर लञ्च मिटिगं गरेका थिए ।शाह अध्यक्ष रिजालकै घर बालाजु पुगेर फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा आवश्यक सुझाव मागेको केही दिनमा नै अ ध्यक्ष रिजालले शाहका पछिल्ला निर्णयहरुमा साथ र सर्मथन जनाउन थालेका छन् ।

Advertisement

लन्च सहितको सो मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article