समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रजिअ र एसपीले थाले जिप्रकामा बोलाएर राज्यमन्त्री वलीसँग सोधपुछ, वलीले भनिन् ,एकराज मेरो प्रेमी हो !

काठमाडौँ ।लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली आज बिहानबाट फेरी भाइरल बनेकी छिन् ।यसअघि नै चुम्बन प्रकरणमा फसेकी वलीले विबाहित पुरुषका कारण पनि चर्को आलोचना खेप्नु परेको थियो ।

Advertisement

उनै वलीलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखेर सोधपुछ गरिएको छ ।राज्यमन्त्री वलीसँग प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गरिरहेको स्रोतको भनाई छ ।

Advertisement

वलीले प्रजिअ र एसपीसँग खासै खुलेर बोल्न नसके पनि उनले वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार भने गरेकी छन् । एकराजसँग विशेष काम परेकाले भेट्न घरमा पुगेको भने बताएकी छिन् । विमलाले आज बिहान एकराजको घरमा गएर उनको श्रीमती र छोरीलाई हातपात गरेको भिडियो र तस्विरहरु बिहानैदेखि भाइरल बनिरहेका छन् ।

आँफु वलीद्धारा कुटीएको भन्दै एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएपछि वली अनुसन्धानमा तानिएकी हुन् ।यसअघि पनि उनी प्रेमी भनिएका एकराजसँगको चुम्बन दृश्यपछि विबादमा तानिएकी थिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article