समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काँकडभिट्टा-पानीटंयाकी बोर्डर नजिकै रेल दुर्घटनामा परी झापाली युवकको मृत्यु

हल्दिबारी । भारतमा रेल दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ ।  झापाको काँकडभिट्टा-पानीटंयाकी बोर्डर नजिकै रेल दुर्घटनामा परी मेचीनगर नगरपालिका- ६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो ।

Advertisement

बिहीबार बेलुका ८ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको भारती प्रहरीले जनाएको छ । विहारबाट सिलगुढी तर्फ गइरहेको रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको विषयमा खोरीबारी थाना र रेल्वे प्रहरीले अनुसन्धान गरिरहेको छ, भने नेपाली युवकको शव हाल भारतमै रहेको जनाइएको छ ।

Advertisement

timesofpradesh.com बाट साभार

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article