समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बालेनले प्रस्तुत गरेको नीति र कार्यक्रमको कमल थापाले गरे प्रंशसा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सोमबार प्रस्तुत गरेको नीति र कार्यक्रमको राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रंशसा गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नीति कार्यक्रमको प्रंशसा गरेका हुन् ।

Advertisement

काठमाडौंको समग्र विकासको निम्ति मेयर साहले संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको आफुलाई राम्रो लागेको थापाले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।

Advertisement

उनले लेखेका छन्, ‘आशा आकांक्षा असिमित हुन्छन् । यो पनि,त्यो पनि भैदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो । तथापि काठमाडौँको समग्र विकासको निम्ति बालेनद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसनीय छ । संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो लाग्यो ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article