समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

साइकल चोरी गर्ने २ जना मानिस सहित ४ थान साइकल नियन्त्रण

हल्दिबारी । जिल्ला झापा भद्रपुर नगरपालिका एरिया बिभिन्न स्थानमा पार्किङ गरीराखेको साइकलहरु चोरी भइरहेको भन्ने सुचनाको आधारमा चोरी गर्ने ब्याक्तिहरुको सुक्ष्म रुपले निग्रानी तथा पहिचान गर्दै जाँदा मिति २०७९।०३।०३ गते जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.९ देवकोटा चोक वस्ने वर्ष ३९ को उदय दाहालले साइकल चोरी गरीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई अनुसन्धान गर्दा थान-२ गियरवाला साइकल,थान-१ Ladies Cycle गरी जम्मा-३ थान साइकलहरु चोरी गरी बिभिन्न स्थानमा लुकाई राखेको भनि खुलाएको
साथै मिति २०७९।०३।६ गते जिल्ला झापा भद्रपुर न.पा.वडा नं.८ बस्ने बर्ष १९ को पेन्टा भन्ने लालदेव महतोले ऐ.८ बस्ने सोमराज थापाको थान-१ गियरवाला साइकल चोरी गरी बिक्रि गर्ने उदेश्यले भारत तर्फ लैजादै गर्दा नेपाल भारत सिमाना मेचीपुलमा फेला पारी पक्राउ गरी नियन्त्रणमा लिएको हुँदा नियन्त्रणमा लिएको २ जना र ४ थान साइकलहरु जि.प्र.का.झापामा राखी थप अनुसन्धान भइरहेको ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article