हल्दिबारी न्यूज़ डेक्स । भद्रपुर, अञ्जुमन् इस्लामिया जामा मस्जिद संस्थाको प्रथम साधारणसभा सम्पन्न भयो तर कार्य समिति गठन हुन् सकेन् । विगत दुई दशकदेखि अकबर अलि कुनै न कुनै पदमा बसेर अञ्जुमन् इस्लामीया संस्थाको अगुवाइ गर्दैआएका छन् । वि. स्. २०१७ सालमा निर्माण भएको जामा मस्जिद हाल जस्ताको त्यस्तै अवस्थमा छ ।
समितिले मस्जिदको विकासमा कुनै चासो नदेखाएको केवल पदका लागि मरिहत्ते गर्ने अकबर अलि माथि स्थानिय मुस्लिम समुदायले आरोप लगाएका छन् । अकबर अलिको नेतृत्वमा तदर्थ समितिले विधान बनाएर ६ महिना भित्र कार्य समिति गठन गर्नु पर्ने तर आफ्नो पद जान्छ भन्ने डरमा ३ तीन वर्षसम्म तदर्थ समितीलाई नै लम्ब्याउदै आएको हुँदा स्थानीय बुद्धिजीवी, युवाहरूले पटक पटक दिएको निवेदन र दवाव मा यही शनिवार, असार ४ गते प्रथम साधारण सभा बोलाएको थियो तर अध्यक्ष मा ३ जना (हाजि समी अहमद शेख, मुमताज शेख, निटुल शेख र सचिवमा २ जना (अकबर अलि, जाहिर रहमान) दावेदारी गर्दा सहमतिमा कार्य समिति बन्न सकेन ।
संस्थाको विधान अनुसार सहमतिमा कार्य समिति नबन्दा चुनाव प्रक्रियामा जाने प्रावधान हुँदा हुँदै अकबर अलिले हाजि समी अहमद शेखलाई संयोजक र अकबर अलि आफू स्वयम सदस्य नाम लेखि कार्यक्रममा अनुपस्थित भएका व्यक्तिहरुलाई समेत सदस्यमा राखेर कार्यवाहक समिति गठन गरेर विधान विपरीत कार्य गर्दा विवाद उत्पन्न भएको हो । भद्रपुर नपा, वडा नं. ६ का अकबर अलि नेकपा एमाले पार्टीका नगर समिति सदस्य तथा नेपाल मुस्लिम ईत्तेहाद सङ्गठनको झापा जिल्ला अध्यक्ष पनि हुन्।
अध्यक्ष पदमा रहेर काम गर्दै आएका जिम्मेदार व्यक्ति अकबर अलि एकासी संस्थाको सचिव पदमा आउन नसकेर स्वयम सदस्य पदमा आफ्नो नाम लेखेपछि सबै अचम्भित भएको स्थानीयहरुको आरोप छ । उक्त घट्नालाई लिएर प्राप्त जानकारी अनुसार न्याय समितिमा जाहिर रहमानको समुहले निवेदन दिने तयारीमा रहेको जानकारी न्यूज डेक्सलाई प्राप्त भएको छ ।