समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेकपा एमाले झापाका अध्यक्ष कार्कीको घरमा कुकर बम 

हल्दिवारी ,१० असार  । नेकपा एमाले झापाका अध्यक्ष संविधान सभा सदस्य दीपक कार्कीको गौरादहस्थित घरको ढोका अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्मीको डिस्पोजल टोली गौरादह प्रस्थान भइसकेको छ, केहि वेरमा गौरादह पुगेर शंकास्पद् वस्तुको डिस्पोज गर्नेछ ।

Advertisement

अध्यक्ष कार्कीले घरको ढोका अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको हो । उनले पुरानो कुकरमा तार जोडिएको जानकारी दिए । कुकर कसले राखेको हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनास्थलमा दमकका डिएसपी दिलिप गिरीको टोली परिचान भएको छ । फाइल फोटो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article