समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु

लमजुङको ङादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएको छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता गरेको छ।

Advertisement

प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाई भएपनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने गरी सम्झौता भएको न्यादी जलविद्युत आयोजनाका कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनबाट राष्टिय प्रणालीमा जोडिएको हो । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ ।

Advertisement

गत पुस महिनामा आयोजना निर्माण सम्पन्न भई ३ वैशाखदेखि परीक्षण उत्पादन गरेको आयोजनाबाट करिव २४ दिनको परिक्षण उत्पादन मानेर २७ गते देखि उत्पादित विद्युतको शुल्क तिर्नेगरी सहमति भएको आयोजनाका प्रशासकिय अधिकृत बासु गर्तौलाले बताए । उनका अनुसार पुस महिनामै आयोजना निर्माण सम्पन्न भएपनि प्रशारण लाईन नहुँदा विद्युत उत्पादन रोकिएको थियो । १५–१५ मेगावाट क्षमताका दुईवटा युनिट रहेको सो आयोजनामा परिक्षणको क्रममा दुवै युनिटबाट २० युनिटसम्म विद्युत उत्पादन भएको र अव क्रमिक रुपमा पुरै क्षमतामा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।

६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुनेछ । ०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठुलीबेंसीबाट ताराचोक जाने बाटो ङादी नदी तीरमा बनाइएको विद्युतगृहबाट विद्युत् उत्पादन गरिएको छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो ।

बुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । आयोजनाले विद्युत प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article