समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पोखराका ठाउँठाउमा पहिरो र डुबान, एक घर पहिरोले बगायो

अविरल वर्षासँगै पोखराका ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ । शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढसय घर डुवेको छ । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए ।

Advertisement

बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको उनको भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article