समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जलथल रेडक्रस आर्थिक हिनामिना : को को थिए कार्यसमितिमा ? 

हल्दिवारी ,१२ असार । हल्दिवारी गाउँपालिका साविक जलथलमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा जलथलको आर्थिक हिनामिनाले नयाँ मोड सृजना गरेको छ ।
२०७५ चैत्र देखि २०७८ सम्म रहेको कार्यसमितिको कारण लाखौं रुपैयाँ एउटा व्यक्तिले चलाउदा समेत समितिले के हेरेर बसेको थिए ? उठेको छ ।
रेडक्रस जस्तो सामाजिक सस्थाको रकम दुरुपयोग गर्दा समेत नयाँ निर्वाचित समिति ४ महिना सम्म के हेरेर बसेको थिए  आम नागरिकले  समितिलाई पनि  ? उठाईरहेका छ्न ।
उक्त कार्यसमितिमा हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली (उपसभापति  ) कार्यपालिका सदस्य भावना दाहाल ( सचिव ) र वडा सदस्य सुरेन्द्र बारकोटी ( कोषाध्यक्ष ) जस्तो पदमा रहदा समेत लाखौं रकम एउटा व्यक्तिले निकालेर चलाउदा समेत थाहा नहुनू   रेडक्रस कर्मिहरुको लागि गम्भीर प्रश्न खडा गरेको छ ।
प्रत्येक बर्षमा हुनु पर्ने आन्तरिक लेखापरीक्षण ,लेखा समितिले के हेर्यो लेखा समिति प्रति पनि आम जलथल बासिले संखाको घेराले हेर्न बाध्य भएका छ्न । ऊनी हरुलाई दिएको बिश्वासनै आज आर्थिक अनिमियताको प्रमुख कारण बनेको त होईन जवाफ समितिले दिनु पर्छ कि पर्दैन ?
सस्थाको १७ लाख भन्दा माथीको हरहिसावनै नगरी कसरी निर्वाचन भयो ! रेडक्रस झापाले पनि यसको जवाफ दिनुपर्छ कि पर्दैन ?  आफुले नियमन गर्ने सस्थाको साधारणसभा ,लेखा परिक्षण भए नभएको कस्ले हेर्ने हो ?
आज सस्थाका तत्कालीन सभापति बिस्णु प्रसाद उप्रेतीलाई मात्र दोष देखाएर त्यस समयको समिति र लेखा समिति पन्छिन मिल्छ र ! उनीहरुको पनि आर्थिक हिनामिनामा हात रहेनरहेको सत्य विवरण सार्वजनिक गर्नु पर्छ कि पर्दैन ? आज रेडक्रस सदस्यहरु जवाफ चाहन्छ्न ।
तत्काल एउटा छानबिन समिति बनाएर दोषीलाई दण्ड जरिवाना सहित रेडक्रसको सदस्यबाटै निलम्बन गर्ने आट  रेडक्रस झापाले गर्नु पर्ने देखिन्छ ।
को को थिए त ! त्यस समय कार्यसमिति पदाधिकारी र सदस्यहरुमा –
 सभापति : बिस्णुप्रसाद उप्रेती , उपसभापति : लक्ष्मी देवी मैनाली , सचीव : भगिरथा ( भावना ) दाहाल , कोषाध्यक्ष : सुरेन्द्र बारकोटी , सहसचिव : मनोरथ तिम्सिना , सदस्यहरु : भानु प्रसाद प्रसाई, देवेन मेचे, जंग बहादुर खत्री ,  कृस्ण प्रसाद बास्कोटा   र पुर्व अध्यक्ष रामचन्द्र उप्रेती समेत रहेको समिति रहेको थियोे ।
त्यस समितिका पदाधिकारीहरु किन मै चुप तै चुप भएर बसेका छ्न त ? कोषाध्यक्ष सुरेन्द्र बारकोटी बाहेक !  आत्मा आलोचना गर्दै जलथल बासी आम नागरिक संग माफि माग्नु पर्छ कि पर्दैनन् ?  हेक्का रहोस् । जनताको मौनतालाई खेलवाड गर्ने कोसिस नगर्नु होला ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article