हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एशियाली शिक्षा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै झापाका धर्मेन्द्र भट्टराई

नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियसन नेल्टा का केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराई एशिया कै सबैभन्दा ठूलो शैक्षिक सम्मेलन एशियन समिट अन एजुकेशन एण्ड स्किल मा सहभागी हुन नेपाली प्रतिनिधि को रुपमा बैंगलोर जाने भएका छन्।

Advertisement

आगामी असोज ३ गते देखि ७ गते सम्म भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा हुने उक्त सम्मेलनमा भारतका सबै प्रान्तका साथै एशियाका अधिकांश देशहरूको सहभागिता रहने बताइएको छ। कार्यक्रममा ३ दिनसम्म एशियाका शिक्षामन्त्रीहरु र एजुकेशन लिडरहरु बिचमा अबको एशिया को शिक्षा नीति निर्माण, शिक्षा मा साझेदारी, नीति कार्यान्वयन, प्रविधि को विकास र प्रयोग र शिक्षा क्षेत्र का चुनौती र सम्भावना जस्ता बिषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

Advertisement

यसै बिच भारतको सबैभन्दा उच्च शैक्षिक संस्था सम्मान एवार्ड बिभिन्न तहका शैक्षिक संस्था हरुलाई बितरण गरिने भएको छ। सम्मेलन को तेस्रो चौथो र पाँचौ दिन बैंगलोर स्थित अन्तरास्ट्रिय प्रदर्शनी केन्द्रमा ३ सय बढी शैक्षिक सामाग्री उत्पादन गर्ने कम्पनी का १५ सय बढी शैक्षिक सामाग्री प्रदर्शन गर्ने कार्यक्रम रहेको छ भने उक्त प्रदर्शनीमा १५ हजार भन्दा बढि ले अवलोकन गर्ने आयोजकको दाबी छ।

भारतीय शिक्षा मन्त्रालय, नीति आयोग र स्किल इण्डिया को आयोजना र कर्नाटक राज्यको शिक्षा मन्त्रालय र इण्डिया डाइडाक्टिक एशोसिएसन को आतिथ्यमा आयोजित उक्त सम्मेलनमा भारत तथा एशिया का शिक्षा मन्त्रीहरु, शिक्षाविद् शैक्षिक अभियानका वरिष्ठ विज्ञहरु, नीति निर्माताहरु, शैक्षिक सामाग्री उत्पादकहरुको सहभागिता रहने आयोजकले जनाएको छ। भट्टराई नेपाली शैक्षिक अभियन्ता को रुपमा नेपाल को प्रतिनिधित्व गर्दै ब्यक्तिगत निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन लागेको हुन। उनले सम्मेलन मा नेपालको शैक्षिक अवस्था, चुनौति र एशियाली शिक्षा नीति निर्माण बिषयको छलफल मा भाग लिने बताए। उनि शिक्षण संस्था एवार्ड वितरण समारोहमा विशेष अतिथिको रुपमा समेत रहने र के१२ शिक्षा प्रणाली बिषयक राउण्ड टेबल टक कार्यक्रम को बक्ताको रूपमा प्रस्तुत गरिएको छ।

भट्टराई यस अघि सन २०१९ मा दुवइ मा सम्पन्न ग्लोबल एजुकेशन एण्ड स्किल फोरम र सन २०२० मा श्रीलंका मा सम्पन्न श्रीलंकाली शिक्षक प्रशिक्षक सम्मेलन मा सहभागी भएर आफ्नो प्रस्तुती दिइसकेका छन्। भट्टराईले नेपाली शिक्षकका बिभिन्न पेशागत संगठन मा केन्द्रीय तह सम्मको नेतृत्व गरिसकेका छन भने अहिले अंग्रेजी शिक्षकहरूको स्वयंसेवी संस्था नेल्टा को केन्द्रीय सदस्य र झापा जिल्लाको अध्यक्ष को पदमा रहेर बिभिन्न शैक्षिक गतिबिधिहरु संचालन गर्दै आएका छन। उनी बिर्तामोड ९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालय का स्थायी शिक्षक समेत हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)