शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी गाउपालिकाले गरेको लगानी खेर जादैन : अध्यक्ष लिङ्ग्देन

गोलधाप १० माघ । हल्दिवारी गाउँ शिक्षा समितिको आयोजना आयोजना गरिएको दोस्रो अन्तर विद्यालय स्तरीय अध्यक्ष तथा उपाध्यक्षकप खेलकुद प्रतियोगिता उदधाटन कार्यक्रमलाई सम्बोधन गर्दै हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले व्यक्तित्व बिकास गर्न गाउँपालिकाले गरेको लगानी खेर नजाने बताउनु भएको छ ।

Advertisement

Advertisement

हल्दिवारिले शिक्षा ,कृषि जस्ता क्षेत्रमा गरेको लगानीले रोजगारीको सृजना हुनुको साथै बिकास र निर्माणमा समेत सहयोग पुग्न सक्ने लिङ्गदेनको भनाई थियो ।

गाउँपालिकाले यी क्षेत्रमा गरेको लगानीले यहाका जनताको जिविकोपार्जनमा सनेत टेवा पुग्ने भएकोले आफू यसमा लागि परेको बताउनु भएको छ ।

हल्दिवारीका २ युवाले १३ औं साफमा पाएको सफलताले गाउँ पालिका बासी नै ज्यादै खुशी भएको समेत अध्यक्ष लिङ्गदेनले बताउनु भएको छ ।

जनजागृती मावी गोलधापको प्राङ्गणमा भएको उदघाटन कार्यक्रममा हल्दिवारी भित्रका सामुदायिक तथा निजि विद्यालयहरुको सह्भागिता रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article