शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिबारी मा.वि. ले ५० औं स्वर्णमहोत्सव भब्यताका साथ मनाउँदै

हल्दिबारी, १२ असोज । हल्दिबारी माध्यमिक विद्यालयले आफ्नो ५० औं बर्षगाठ (स्वर्णमहोत्सव) भव्यताका साथ सप्ताब्यापि कार्यक्रम गरि पुष १ गते मनाउने भएको छ । २०२९ साल पुष १ गते तत्कालिन नेपाल सरकारबाट मान्यता प्राप्त गरि संचालनमा आएको यस विद्यालय ५० बर्षमा पुगेको छ ।

Advertisement

विद्यालयको स्वर्णमहोत्सव भव्यताका साथ सम्पन्न गर्न विद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष यामकान्त निरौलाको संयोजकत्वमा ९९ सदस्य मुल आयोजक समिति, १८ सचिवालय सदस्य तथा १७ विभिन्न उप समितिहरु गठन गरेको मुल आयोज समितिका सदस्य सचिव तथा हल्दिबारी मा.वि. का प्र.अ. टंक प्रसाद पाख्रिनले जानकारी दिएका छन ।

Advertisement

हल्दिबारी संस्थापक प्र.अ. नरेन्द्र कुमार कार्की संयोजक रहेको एक सल्हाकार समिति गठन गरिएको छ भने आर्थिक संकलन समिति, स्मारक समिति, प्रचार प्रसार समिति, मंच ब्यवस्थापन समिति, कदर तथा सम्मान पत्र ब्यवस्थापन समिति, खेलकुद तथा प्रदर्शनी समिति, सास्कृतिक कार्यक्रम समिति, सम्पर्क तथा समन्वय समिति, स्वंसेवा प्ररिचालन समिति, स्वर्णमहोत्सव स्तम्भ निर्मार्ण समिति, सालिक निर्माण समिति, कार्यक्रम ब्यवस्थापन तथा समापन समिति, स्वास्थ्य सेवा समिति, अथिति संत्कार तथा जलपान समिति एवं अभिलेखन समिति गठन गरि कार्य बिभाजन गरिएको छ ।
आज बुधबार बसेको सचिवालय वैठकले स्वर्णमहोत्सवलाई भव्यताकासाथ सम्पन्न गर्न हल्दिबारी मा.वि. का पुर्व विद्यार्थी, शिक्षक, ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, सुभचिन्तकहरुलाई आह्वान समेत गरेको छ ।

स्वर्णमहोत्सव समारोहमा हल्दिबारी मा.वि. संग जोडिएका शिक्षक, विद्यार्थी, अविभावक तथा दाताहरुलाई सम्मान समेत गरिने सदस्य सचिव पाख्रिनले जानकारि दिनु भएको छ । विश्वभरि छरिएका पुर्व विद्यार्थी, शिक्षक लगायत सम्पुर्ण महानुभावहरुलाई महोत्सवमा सरिक भई हल्दिबारी मा.वि. लाई विश्वसामु चिनाउन समेत आयोजक समितिले आह्वान गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article