haldibari.com
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

जलथल जङ्गलमा मृत हात्ती भेटियो

 जलथल, झापा ।एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गलमा मृत अवस्थामा एउटा हात्ती भेटिएको छ । झापाको दक्षिणि सिमावर्ती गाउपालिका कचलकवल ३ स्थित अभिमुक्तेश्वर सामुदायिक बनमा जङ,हात्ती मृत फेला परेको हो ।

१२ फिट लम्बाई ८ फिट २ इन्च उचाइ भएको हात्ती कुहिएर गन्हाएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका रेन्जर जीवन पाठकले बताएका छ्न । उनका अनुसार शनिबार बेलुका दाउरा टिप्न गएका स्थानीयले जंगलमा मृत अवस्थामा हात्ती देखेपछि यो कुरा बाहिर आएको हो ।

जंगलमा भेटिएको हात्ती आफैँ मरेको वा मारिएको भन्ने विषयमा के अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)