haldibari.com
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

जलथल जङ्गलमा मृत हात्ती भेटियो

 जलथल, झापा ।एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गलमा मृत अवस्थामा एउटा हात्ती भेटिएको छ । झापाको दक्षिणि सिमावर्ती गाउपालिका कचलकवल ३ स्थित अभिमुक्तेश्वर सामुदायिक बनमा जङ,हात्ती मृत फेला परेको हो ।

Advertisement

१२ फिट लम्बाई ८ फिट २ इन्च उचाइ भएको हात्ती कुहिएर गन्हाएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका रेन्जर जीवन पाठकले बताएका छ्न । उनका अनुसार शनिबार बेलुका दाउरा टिप्न गएका स्थानीयले जंगलमा मृत अवस्थामा हात्ती देखेपछि यो कुरा बाहिर आएको हो ।

Advertisement

जंगलमा भेटिएको हात्ती आफैँ मरेको वा मारिएको भन्ने विषयमा के अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article