शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बालकलाई शिक्षकले कुट्दा हात भाँचियो

सिरहा । गृहकार्य नगरेको भन्दै सिरहाको मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत बालकलाई शिक्षकले कुट्दा हात भाँचिएको छ ।

Advertisement

पाठशालाको छात्रावासमा रहेर अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो ।

Advertisement

कक्षा ६ मा अध्ययन गर्दै आएका ऋतिकलाई नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै आइतबार लट्ठीले कुट्दा उनको हात भाँचिएको बालकका बुवा बसन्त यादवले जानकारी दिएका छन् ।ऋतिकको उपचार उनकै परिवारले गराएको छ । 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article