बिचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

व्राम्मणहरूमाथि चौतर्फी हमला :अाचार्य रामचन्द्र

आचार्य रामचन्द्र

सेन्टर फर रिशर्च एण्ड पोलिसी स्टडिजले गरेको अध्ययन एवं तथ्याड़्क विशलेषण अनुसार नेपालमा हाल करिव 41 लाख व्राह्मण छन भने करिव 85%ऊनीहरूको जनसंख्या गाउमा वस्दछन्।जसमा 75% व्राह्मण गरिव छन यसअनूसार करिव 30 लाख व्राह्मण गरिव छन भने गरिविको रेखा मूनी करिव 47% व्राह्मण छन भनेको 19 लाख व्राह्मण गरिवीको रेखामूनी छन। भने करिव 25% व्राह्मण विपन्न र दयनिय अवस्थामा छन भनेको करिव 10 लाख व्राह्मण सर्वथा दयनिय र विपन्न अवस्थामा छन। जसमा करिव 35% व्राह्मण अशिक्षित छन ।

Advertisement

नेपालमा राजनीती प्रशासन सरकारी कर्मचारी एवं उच्च ओहदामा पूगेका र अवशर पाएका व्राह्मण भने करिव 10%छन करिव 5 लाख जनसंख्याले यसको सूविधा ऊपयोग गरिरहेका छन्।त्यसैगरी व्यापारमा 5%,कृषिमा 85%, करिव 3%मात्र सभ्रान्त वर्गमा सामेलछन्।यसैगरी करिव 7% परिवार कर्मकाण्डले जीवन निर्वाह गरिरहेका छन। क्षेत्रीयहरूको जनसंख्या करिव 52लाख छ)यस्तो वर्गलाई आज राज्यले शोषक पिडक एवं उत्पिडक,शाशक , समाजमा लूट मच्चाऊने,राज्य सत्ताको उपयोग गरेको एवं सयौ वर्षवाट लूटेको भनेर वोलिरहेको छ र सामाजिक अपमान मात्र नभई संविधानवाटै अपमान गरिरहेको छ।नेपालमा सवै भन्दा विपन्नहरूको ठूलो संख्या व्राह्मणहरूको छ।

Advertisement

त्यसैगरी नेपालमा विपन्न मध्ये सनातन संस्कार र संस्कृत पढेका र कर्मकाण्ड पढेकाहरू आर्थिक रूपमा दयनीय छन्।जसमा 5% विपन्न र सम्पन्न करिव 1% परिवार छ।सनातन धर्म रक्षा गर्ने र समाजकालागी वाच्न चाहने एवं जीवन अध्ययन गरेर विताऊन चाहने वर्ग वाह्मण हो र निरन्तर ज्ञानको खोज र अनुसंधानमा रमाउने यदी कुनै जाती संसारभा थियो भने यही थियो र राजनीति सत्ता सम्पत्तिको मोह नराखी चिन्तन कलम र कठोर तपमा रमाऊने जातीको मेहनतनमा सनातन सभ्यता फले फूलेको थियो।

दुनीयालाई शहरमा वस्न सिकाई आफू अध्ययनका खातिर जंगल र कुटीमा वस्न चाहने जाती हो र कठोर तपमा रमाउन चाहने जाती हो।यो कुरा विश्शमा कृश्चियनलाई मन परेको थिएन र शान्त स्वभाव जातीको नष्ट नगरे सम्म हिन्दूलाई हराउन नहकिने र संसारभा कृश्चियानिटी वढाउन नसकिने निर्णय सन् 18 75 मा ऊसको मिसनले गरेको थियो।त्यसैगरी भारत नेपाल मा अनेकन विधर्भी शाशकको चपेटामा राजाहरू परेकोले यो जाती करिव 2509 वर्ष पहिले देखी संकटमा वाचिरहेको थियो।भारतमा मुश्लीम शाशन र आक्रमणले भारतीय व्राह्मणहरूको कतिपय ठाउमा जातीय संहार र धर्म परिवर्तन गराईयो।अफगान पाक यसको उदाहरण हो।जव भारतमा वेलायती शाशन शुरू भयो तव मेकिन्ने शोचले र वेलायती मिशनरीले गृप्त रूपवाट एशीयामा कृश्चियानीटी विकास गर्ने हो भने पहिला यहाको संस्कार परिवर्तन गर्ने धर्म विकृत वनाऊने र व्राह्मणलाई अनेकन रूपवाट निषेध गर्ने निर्णय स्वरूप भारतमा संस्कृतमा प्रतिवन्ध लगाउदै अंग्रेजी शीक्षा लागू गरियो ।

कम्युनिस्ट र कृश्चियन सगोत्री हून्भने भारतमा विकास भएको षड्यंत्रले र भारतमा विकास गरेको कुटिल शिक्षा पद्धति वमोजिम सवै प्रकारको दोषि हिन्दू धर्म र त्यसका रक्षक व्राह्मण हुन भनेर प्रचार गराईयो र विश्व भर यसको साहित्य लेखाईयो।भारतमा सूरू देखी नै त्यहाका आदिवासी एवं दलितहरूलाई नियोजीत रूपले प्रशिक्षित गराईयो ।जाति जातिमा फुट र वेमेल पैदा गराऊने गरी काम भयो।नेपालमा पनि यसैको देखासिकी भयो।नेपालमा कहिल्यै पनि व्राहमणले शाशन गरेनन।ईतिहासमा पनि उदाहरण छैन ।

2046 साल पछी मात्र नेपाल मा भारतीय डिजाईन वमोजीम विकसीत सोच भएका र उनीहरूको रूपिया पैसा अनी सर्वहारा राजनीतिकको भेषको कृश्चियन कम्युनिस्ट भेषमा मात्र यहाको राजनीतिकमा छद्मभेषि कलंक वाहुन नामका पातकीहरू दल र उसको नेतृतूवमा देखीए र नियोजीत कृश्चियन मिशन वमोजिम गतिविधि गरियो र समाजमा फुट र घृणा विकास गरियो।यसमा हज्जारौ आईएन जी ओ लागी परे र आज सम्म व्राह्मणको धर्म र तप नास गर्न कथित शिक्षा सहयोग र डलरका नाममा आईएन जीओ अगाडी वढीरहेका छन्।

यसरी अन्तराष्ट्रिय रूपमा गरिएको कुटिल डीजाईनको मारमा नेपाली व्राह्मण परिरहेका छन् आज व्राह्मण तप संस्कार संस्कृत र धर्म एवं आचरण मर्यादावाट दिन दोगुणा रात चौगुणा विचलीत हुदै राज्यवाटै आफ्नै भूमीमा अपमानित भैरहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article