स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाली सेनाको रगतले सुत्केरी आमा र बच्चाको ज्यान जोगियो

 जुम्लाको गुठिचौर गाउँपालिका–५ देवलगाउँकी ४१ वर्षीया देवकी गिरी प्रसूति हुन नसकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना हुनुभयो । उहाँको तुरुन्त शल्यक्रिया गरी बच्चा निकाल्नु पर्ने भएकोले तीन पिन्ट ओ पोजिटिभ रगत आवश्यक प¥यो तर प्रतिष्ठानमा ‘स्टक’ रगत नभएकाले गिरीलाई रगत उपलब्ध हुन सकेन ।

Advertisement

गिरीका आफन्तले नेपाली सेना जुम्लाको नन्दाबक्स गणमा रगत उपलब्ध गराइदिन निवेदन दिएलगतै गणमा कार्यरत सिपाही व्य।नं २३२७८६ प्युठ निङ्दावा शेर्पा, व्य।नं २४७८९५ सि। सन्तोषकुमार तामाङ र व्य।नं २६१००२ सि। नरबहादुर सलामी मगरले एक÷एक पिन्ट गरी तीन ओ पोजिटिभ पिन्ट रगत प्रदान गरी सुत्केरी र बच्चाको ज्यान जोगाउन सफल भएको नन्दाबक्स गण जुम्लाका सह सेनानी विशान कार्कीले बताउनुभयो ।

Advertisement

गण जुम्लामा तैनाथ भएपश्चात स्थानीय नागरिक तथा विभिन्न निकायको अनुरोधमा यस गणमा कार्यरत करिब २८ जना सकलदर्जाहरुबाट विभिन्न समूहको रक्तदान गरी विभिन्न प्रकारका बिरामीको ज्यान जोगाउन सफल भएको सह सेनानी कार्कीले बताउनुभयो ।

रगत अभाव ( प्रतिष्ठानमा रगत बंैक नहुँदा प्रतिष्ठानमै कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीले यहाँका प्रसूति महिला र ‘सर्जरी’ का बिरामीलाई चाहिए जति रगत दिने गरेका छन् ।बाहिरबाट कुनै संस्था वा व्यक्तिले रक्तदान नगर्दा प्रतिष्ठानमा रगतको अभाव भएको प्रतिष्ठानका ल्यावप्रमुख विकेक पुन मगरले बताउनुभयो । रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article