हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बिपन्न ६३ बालबालिकालाई स्कुल ब्याग तथा छालाजुत्ता बितरण

माघ ६, काठमाडौँ। गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली टिकटक परिवारले बिपन्न परिवारका ६३ जना बालबालिकाहरुलाई स्कुल ब्याग तथा छालाजुत्ता  बितरण गरेको छ।

Advertisement

शुक्रबार प्रदेश नम्बर १, को सुनसरी जिल्ला रामधुनी नगरपालिका ७ कुमारखतमा रहेको पञ्चायत माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६३ जना बालबालिकाहरुलाई मिलिजुली परिवार तथा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले करिब ६५ हजार बराबरको ६३ वटा स्कुल ब्याग र ६३ जोर छालाजुत्ता वितरण गरेको छ ।

Advertisement

बितरण कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष गङ्गा बहादुर राउत, अतिथिहरु सिताराम चौधरी, सन्जु कुमारी चौधरी , सहायक प्रधानध्यापक टिकाराम बस्नेत, मिलिजुली परिवारका सदस्यहरु कबिता अधिकारी रमा पौडेल सलिना खतिवडा (नेपाल) र राम प्रसाद लामिछने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विधालय ब्यबस्थापन समितिका अध्यक्ष गङ्गा बहादुर राउतले गणेशमान कृष्णप्यारी प्रतिष्ठान तथा मिलिजुली परिवारलाई बिशेष धन्यवाद दिदै शैक्षिक क्षेत्रमा  गरेको सामाजिक कार्यप्रतिको प्रशंसा गर्दै कार्य सफलताको शुभकामना दिएका छन्।

तेस्तै कार्यक्रममा बोल्दै सहायक प्रधानध्यापक टिकाराम बस्नेतले बिपन्न परिवारको बालबालिकाहरुको मुहारमा खुशी छाएको भन्दै गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारलाई धन्यवाद दिए । कार्यक्रमलाई सम्बोधन गर्दै मिलिजुली परिवारकी सदस्य रमा पौडेलले पञ्चायत माद्यामिक बिधालयमा स्कुल ब्याग तथा छालाजुत्ता बितरण कार्यक्रमको लागि सहयोग गर्नुहुने सम्पुर्ण मिलिजुली परिवरका सदस्यलाई धन्यवाद दिइन । पटकपटक छालाजुत्ता उपलब्ध गराइ हाम्रो कार्यक्रममा सहकार्य गर्दै आउनु भएका कोशेली छालाजुत्ता उद्योगका संचालक रबिन कुमार श्रेष्ठलाई बिशेष धन्यवाद दिनुको साथै मिलिजुली परिवार तथा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानकी संरक्षक रारा सैंजुलाइ बैबाहिक बर्षगाठको शुभकामना समेत दिनु भयो ।

सहयोग हस्तान्तरण कार्यक्रमको लागि रारा सैंजु, अमृता भट्टराई, ज्ञान बहादुर लामा, राजन कडेल, भोजराज खड्का, इ. दिपु उप्रेती, पुर्णिामा श्रेष्ठ, रामचन्द्र अधिकारी, चक्रपाणी अर्याल, सुमन थापा, लक्ष्मी भण्डारी, कविता अधिकारी, सलिना खतिवडा र रमा पौडेलले आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउनु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)