हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ट्रकले स्कुटरलाई ठक्कर दिँदा अमृताको मृत्यु

मकवानपुर, ५ फागुन । मकवानपुरको मनहरी गाउँपालिका ६ रामडाडाँमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

Advertisement

चितवनबाट मनहरीतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको ग १५ प ३९६९ नम्बरको स्कुटर शुक्रबार बिहान साढे ६ बजे ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा कास्कीको निर्मल पोखरी २ बस्ने ३८ वर्षीया अमृता परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)