हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

शिवको पूजामा के के चढाउन मिल्दैन ?

शिवको पूजामा के के प्रतिबन्ध छ त ?

Advertisement

काठमाडौं, ६ फागुन । भगवान शिबलाई प्रसन्न पार्न महाशिवरात्रिको दिन उत्तम मानिन्छ। भगवान शंकरको पूजामा केही विशेष नियमको पालना गर्नु आवश्यक छ । आउनुहोस् यसको बारेमा जानौं।

Advertisement

महाशिवरात्रि  पुजा आज देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । यस दिन भक्तजनहरूले पूर्ण भक्तिपूर्वक शिवको पूजा गर्छन्। शिवभक्तहरू महाशिवरात्रिको शिव मन्दिरहरुमा पुगिरहेका छन् । मान्यता अनुसार यस दिन भगवान शिवले कैलाश पर्वतमा माता पार्वतीसँग विवाह गरेका थिए । भोलेनाथलाई प्रसन्न पार्नको लागि आजको दिन निकै शुभ मानिन्छ । भगवान शंकरको आराधनामा केही विशेष नियमको ख्याल गर्नुपर्छ, अन्यथा भोलेनाथ क्रोधित हुन्छन् ।

शिव पूजामा के के कुरामा ध्यान दिनुपर्छ:

१) शिवलिंगमा जल चढाउँदा फलाम वा स्टिलका भाँडाहरू प्रयोग नगर्नुहोस्। यसको सट्टा, तपाईंले पीतल, चाँदी प्रयोग गर्नुपर्छ। भगवान शिवको अभिषेकमा गल्तिले पनि भैंसीको दूध प्रयोग गर्नु हुँदैन ।

२) बेसारलाई सबै धार्मिक कार्यमा पनि अति पवित्र र महत्वपूर्ण मानिन्छ तर भगवान शंकरको पूजामा बेसार चढाइँदैन । सौन्दर्य प्रसाधनमा बेसारको प्रयोग गरिन्छ । शास्त्रका अनुसार शिवलिंगलाई पुरुषत्वको प्रतीक मानिने भएकाले महादेवलाई बेसार चढाइँदैन ।

३) भोलेनाथलाई कनेर र कमल बाहेक अरु फुल मन पर्दैन । भगवान शिवलाई रातो रंगको फूल, केतकी र केवडाको फूल चढाउनु हुँदैन। यसो गर्नाले पूजाको फल मिल्दैन।

४) शास्त्र अनुसार भगवान शिवको पूजामा सिन्दुर र रोलीको प्रयोग हुँदैन । त्यसैले शिवलिंगमा रोली चढाउनु हुँदैन।

५) भगवान विष्णुलाई शंख अति प्रिय छ तर भगवान शिवको पूजामा शंखको प्रयोग हुँदैन । भगवान शंकरले शंखचुर नामक राक्षसलाई मारेका हुनाले भगवान शिवको पूजामा शंख निषिद्ध मानिन्छ ।

६) भगवान शिवलाई तुलसीको पात चढाउनु पनि अशुभ मानिन्छ । यसका पछाडि एउटा किंवदन्ती पनि छ । भनिन्छ, असुरराज जालन्धरकी पत्नी वृन्दा तुलसीको बोट बनेकी थिइन्। भगवान शिवले जलन्धरको वध गरेका थिए, त्यसैले वृन्दाले शिवको पूजामा तुलसीको पात प्रयोग नगर्न भनिन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)