हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बिर्तामोड नगरपालिका द्वारा कृषि औजार तथा सामाग्री वितरण

बिर्तामोड नगरपालिकाले कृषि औजार तथा सामाग्री वितरण गरेको छ । आज आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका विच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामाग्री वितरण गरेको हो ।कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रम अन्तर्गत रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामाग्री वितरण गरीएको हो ।

Advertisement

नगरपालिकाले मिनि ट्रेलर ९ थान, ड्रिल मेशिन ३ थान, ड्यांग बनाउने मेशिन १ थान, उकेर लगाउने मेशिन १ थान, हर्वना ४५ थान, स्प्रे ट्यांकी ४५ थान, मल्चिन ३७ थान, टनेल ४० थान, हलो ५० थान, झार गोड्ने काँटा ६० थान र विभिन्न प्रकारका तरकारीको विउविजन वितरण गरेको हो । जम्मा २१ लाख १० हजार ९ सय रुपैयाँको सामाग्री वितरण गरीएको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिनु भयो ।

Advertisement

उक्त सामाग्री नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले हस्तान्तरण गर्नु भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले अनुदानमा दिएका सामाग्रीहरुको सहि सदुपयोग गर्नु पर्ने बताउनु भयो । बिर्तामोड नगरपालिकामा जनघनत्व बढ्दै गएको र कृषि क्षेत्र साँघुरींदै गएको भन्दै उहाँले खाली रहेका जग्गा जमिनहरु बाँझो नराख्न पनि आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अर्गानिक तरकारी उत्पादनमा जोड दिनु भयो । भारतबाट आएको विषादी हालिएका तरकारीले क्यान्सर लगायतका प्राणघातक रोगलाग्ने भएकाले यहीं विषादी रहित तरकारी व्यवसायिकरुपमा उत्पादन गर्न कृषकहरुलाई आग्रह गर्नु भयो ।

आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी खतिवडा, तरकारी उत्पादन तथा व्यवस्थापन समितिका अध्यक्ष माधव सिटौला लगायतको सहभागिता रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)